उपराष्ट्रपति पुन (पासाङ) ट्रिबर्न रिसोर्टमा

लाकुरी भन्ज्याङ्, ललितपुर
१९ पुष, २०७९;

सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) बाट आज लाकुरी भन्ज्याङ् सिस्नेरी स्थित ट्रिबर्न रिसोर्ट नेपालको अबलोकन भ्रमण गर्नु भएको छ। ललितपुरको जिल्लाको पर्यटकिय स्थल लाँकुरी भन्ज्याङको फेदिमा संचालनमा आएको अन्तर्राष्ट्रिय स्तरका भिल्ला समेत रहेको ट्रिबर्न रिर्सटमा उपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एबम् भक्तपुर इन्चार्ज क. दिलिप कुमार प्रजापती (भिष्म) सहित पुग्नु भएको हो।

भ्रमणको क्रममा उपराष्ट्रपति पुनले रिसोर्टबाट प्रदान गरिने सेवा सुबिधाहरुको बारेमा जानकारी लिनु भएको थियो। उक्त अबसरमा उहाले रिसोर्टका संचालक युवाहरुलाई बधाई दिनुका साथै युवाहरु राजनितिका साथ साथै ब्याबसायिक रुपमा पनि सक्रिय रहनु पर्ने कुरामा जोड दिनु भएको उहाका प्रमुख स्वकिय सचिब सुक बहादुर रोकाले बताउनु भयो। रिर्सट संचालनमा आएसँगै उक्त श्रेत्रमा पर्यटकिय तथा आर्थिक गतिबिधि समेत बढ्ने उपराष्ट्रपति पुनको भनाई थियो ।

उपराष्ट्रपति पुनको रिसोर्ट भमणले आफुहरुमा नया उत्साह उमंग थपिएको भन्दै युवाहरुलाई नेपालमै रहेर केही गर्न ब्यबसायी नरेश रन्जितले आह्वान गर्नु भयो।

अर्का संचालक युवा ब्यबसायी राजु कुटुले उपराष्ट्रपतिको भमणले आफुहरुमा थप उर्जा प्रवाह भएको बताउदै उहाँ प्रती हादिक आभार ब्यक्त गर्नु भयो।

नेकपा माओबादी केन्द्रको सहायक युवा सङठन वाईसियल नेपालका केन्द्रिय सदस्य समेत रहनु भएका वाइसियल नेपालका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जित, बागमती प्रदेश युवा परिषदका सदस्य तथा वाइसियल नेपालका केन्द्रिय सदस्य राजु कुटु, युवा ब्यबसायी उज्जन श्रेष्ठ,दिकेन कुटु, राम प्रसाद घिमिरे, इ. आरती पन्डित, इन्जिनियर नवीन श्रेष्ठ लगायतको समुहको करिब १२ करोड रुपियाको संयुक्त लगानीमा उक्त रिसोर्ट हालै संचालनमा आएको हो।

ललितपुरको ग्वार्को चोकबाट करिब ८ किमि दुरिमा रहेको नेपालकै एउटा महत्त्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास हुदै गएको स्थानमा रहेको यस ट्रिबर्न रिर्सटमा अन्तर्राष्ट्रिय स्तरका भिल्ला सहित , बिभिन्न कार्यक्रमका लागि सेमिनार हल , साउना -स्पा , ज्याकुजि ,स्विमिन्ग़ पुल लगायतका सेबाहरु उपलब्ध रहेको छ । निकै मनमोहक तथा आकर्षक उक्त रिसोर्टको सम्पुर्ण आर्किटेक तथा डिजाईन इन्जिनियर नवीन श्रेष्ठले गर्नु भएको हो।

युवाहरुको उक्त ब्यबसायिक समुहले हाल सम्म १०० जना भन्दा बढी लाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!