काँग्रेस विशेष महाधिवेशन भोलिसम्म लम्बियो

काठमाडौँ, २८ पुस २०८२ः

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबार सम्मका लागि लम्बिएको छ।

दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने भएको हो। महाधिवेशन व्यवस्थापन समितिका अनुसार भोलि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिनेछ।

प्रतिवेदनमाथि घनिभूत छलफल भइरहेकोले समय लाग्ने जनाउँदै भोलि पनि हल बुक गरिएको जानकारी नियमित पत्रकार सम्मेलनमार्फत दिइएको छ।

यसैबीच, नेतृत्व चयन र पार्टी एकता कायम राख्न संस्थापन पक्षसँग संवाद जारी रहेको तथा सभापति शेरबहादुर देउवाले विभाजन रोक्ने उपायबारे नेताहरूसँग छलफल गरिरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!