काठमाडौँ बाल अस्पतालको उद्घाटन शनिबार हुँदै

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ बाल अस्पताल को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम जेठ ९ गते शनिबार हुने भएको छ। वरिष्ठ चिकित्सक डा. भगवान् कोइराला को पहल र भाटभटेनी समूह का अध्यक्ष मीनबहादुर गुरुङ को अगुवाइमा निर्माण गरिएको अस्पतालको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम जगद्गुरु शङ्कराचार्य विधुशेखर भारती को उपस्थितिमा हुने जनाइएको छ।

भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङको अगुवाइमा काठमाडौँ बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपियाँभन्दा बढी योगदान भइसकेको छ । अस्पताल उद्घाटनको तयारी पूरा भए पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि आवश्यक एमआरआई र सिटीस्क्यान मेसिन खरिदका लागि अझै आर्थिक स्रोत जुटाउने प्रयास जारी रहेको जनाएको छ।

एमआरआई तथा सिटीस्क्यान मेसिनका लागि सरोकारवाला, साझेदार तथा शुभचिन्तकबाट हालसम्म २ करोड २४ लाख ७३ हजार ३३३ रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भइसकेको बताइएको छ।

भाटभटेनी समूहले एमआरआई तथा सिटीस्क्यान मेसिनको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहने उल्लेख गर्दै आवश्यक स्रोत जुटाउन व्यवसायी, साझेदार तथा शुभचिन्तकलाई सहयोगका लागि आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!