गोरखा–१ मा रास्वपाका सुदन गुरुङ विजयी

गोरखा, फागुन २५ गते ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा सुदन गुरुङ विजयी हुनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गर्नुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो।

नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ। यस्तै हरिराज अधिकारीले ११ हजार १२४ मत तथा रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!