नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT स्क्यान सेवा सुरु

गठ्ठाघर, मध्यपुर थिमि, ४ साउन २०८२ः

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लि., गठ्ठाघरले आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक CT स्क्यान (Computed Tomography Scan) सेवा सुरु गरेको छ। आज एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो।

समारोहमा बरिष्ठ चिकित्सकहरु डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण भण्डारी, वरिष्ठ चिकित्सकहरू, व्यवस्थापन टोली, कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

हस्पिटलका अनुसार CT स्क्यान सेवा सुरु भएपछि भक्तपुर जिल्लाबासीका लागि हृदयघातजस्ता प्राणघातक अवस्थाको शीघ्र परीक्षण र निदान सम्भव हुने छ। यसअघि यस्तो परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अब अन्त्य भएको छ। नागरिक हस्पिटलमा अब सिटी एन्जियोग्राम, मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल समस्याहरूको गुणस्तरीय परीक्षण सहजै उपलब्ध हुनेछ।

हस्पिटलको उद्देश्य समुदायलाई अत्याधुनिक प्रविधिबाट सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाइएको छ। निकट भविष्यमा अझ थप आधुनिक सेवा विस्तार गर्दै जाने प्रतिवद्धता समेत हस्पिटलले जनाएको छ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, सूचना तथा सञ्चार विभागले यस सेवा तथा सुविधाबारे जानकारी समुदायसम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भुमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!