“परिवर्तनको बलियो चाहना ”: भक्तपुरमा नेकपा प्रति आकर्षण बढ्दै

भक्तपुर, २३ माघ २०८२ः

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा भक्तपुर क्षेत्र नं. २ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो संगठनात्मक उपस्थिति र जनसम्पर्क विस्तार गर्दै चुनावी माहोल तताउन थालेको देखिन्छ।

शुक्रबार निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमले चुनावी अभियानलाई औपचारिक गति दिएको संकेत गरेको छ। उक्त कार्यक्रममा बोल्दै नेकपाको तर्फ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पछिल्लो समय टोल–टोलमा भएका भेटघाट, छलफल र अन्तरक्रियाबाट जनतामा नयाँ राजनीतिक विकल्पको खोजी तीव्र भएको दाबी गरे। उनका अनुसार महँगी, बेरोजगारी, भ्रष्टाचार र लामो समयदेखिको राजनीतिक अस्थिरताले सर्वसाधारणमा निराशा बढाएको छ। “जनताको दैनिकीसँग जोडिएका सवालमा बोल्ने र समाधान दिने नेतृत्वको आवश्यकता छ,” उनले भने, “हामी श्रमिक, किसान र युवाको पक्षमा स्पष्ट एजेन्डा लिएर अगाडि बढेका छौं।”

दीपशिखाले शिक्षा र स्वास्थ्य सेवामा सुधार, रोजगारी सिर्जना, स्थानीय उत्पादनको संरक्षण तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताए। संसदमा पुगेपछि सीमान्तकृत समुदायको आवाज प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा समानुपातिक उम्मेदवार दिलिप कुमार प्रजापति भिष्मले विगतमा नेकपाको सरकारले गरिएको सुशासनको चर्चा गर्दै अब जनताले परिणाममुखी नेतृत्व चाहेको धारणा राखे।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमन्त्री राजेन्द्रमान श्रेष्ठ देखि स्थानीय तहका पार्टी नेतृत्व र युवा संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

PC: Suresh Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!