ब्राउन बर्ड ह्याचरी प्रा.लि. २५औँ वर्षमा प्रवेशः लोहमन ब्रीडर्स जर्मनीद्वारा प्रमाणपत्र प्रदान

 काठमाडौं ।

देशको पोल्ट्री क्षेत्रको एक अग्रणी संस्था ब्राउन बर्ड ह्याचरी प्रा.लि. ले आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा लोहमन ब्रीडर्स, जर्मनी ले ब्राउन बर्ड ह्याचरीलाई “२५औँ वार्षिकोत्सव उत्कृष्टता प्रमाणपत्र (25th Anniversary Certificate of Excellence)” प्रदान गरेको छ।

कार्यक्रममा लोहमन ब्रीडर्सले नेपालमा लोहमन ब्राउन–क्लासिक जातको प्रवर्द्धनमा ब्राउन बर्ड ह्याचरीले लामो समयदेखि पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गरेको छ। निरन्तरता, विश्वास, उत्कृष्ट वफादारी र स्थिर साझेदारीका कारण ब्राउन बर्ड ह्याचरीलाई “Long Term Partner” का रूपमा सम्मान गरिएको हो। लोहमन ब्रीडर्सका प्रतिनिधि डा. मनोरन्जन शर्माले ब्राउन बर्ड ह्याचरीले देखाएको प्रतिबद्धता र निरन्तर सहयोगलाई पारस्परिक सफलताको आधारशिला भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि विश्वसनीय र सफल सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

२५ वर्षको यात्रामा ब्राउन बर्ड ह्याचरीले नेपाली पोल्ट्री उद्योगमा गुणस्तरीय लेयर्स कुखुरा, प्रविधि र विश्वासको प्रतीकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। पोल्ट्री व्यवसायीहरूका अनुसार ब्राउन बर्ड ह्याचरीको यो उपलब्धिले न केवल संस्थालाई, तर समग्र नेपाली पोल्ट्री उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत पहिचान दिलाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!