भक्तपुर–१ मा रुकेश रञ्जितको अग्रता: ३९ हजारभन्दा बढी मत गणना

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर जिल्ला क्षेत्र नं. १ को मतगणनामा घण्टी चुनाव चिन्हका उम्मेदवार रुकेश रञ्जित अग्रस्थानमा रहेका छन्।

चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण को सभाहलमा भइरहेको मतगणनाको शुक्रबार राति ११:०० बजेसम्म ३९ हजार ९१२ मत गणना सम्पन्न भएको छ। यसमध्ये १ हजार २१२ मत बदर भएका छन्।

हालसम्मको मतपरिणामअनुसार घण्टी चिन्हका रञ्जितले १८ हजार ५५४ मत प्राप्त गरेका छन्। त्यस्तै मादल चिन्हका प्रेम सुवाल ले १२ हजार ९७८ मत पाएका छन्।

अन्य उम्मेदवारमध्ये रुख चिन्हका किरण न्यौपाने ले २ हजार ७८४, सूर्य चिन्हका सोमप्रसाद मिश्र ले १ हजार ९७०, हलो चिन्हका भरत खड्का ले ९२४ र तारा चिन्हका हरिराम लवाजु ले ५९५ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल भक्तपुर नगरपालिका–६ र चाँगुनारायण नगरपालिका–६ को मतगणना जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!