भक्तपुर–२ मा एमाले परित्याग गरि नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

भक्तपुर, १८ फागुन २०८२ः

भक्तपुर क्षेत्र नं. २ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरूले एमाले परित्याग गर्दै नयाँ पार्टी रोजेका हुन्।

उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका थिए। संयोजक दाहालले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गरे। उनले यो पार्टी प्रवेशले भक्तपुर क्षेत्र नं. २ मा सकारात्मक राजनीतिक सन्देश दिने र आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै संगठन सुदृढीकरण, जनसरोकारका मुद्दा उठान तथा क्षेत्रीय विकासका एजेन्डामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

राजनीतिक वृत्तमा यस प्रवेशलाई भक्तपुर–२ को शक्ति सन्तुलनमा प्रभाव पार्ने घटनाका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!