काठमाडौँ , २७ मंसिर २०८२ः
नेकपा एमालेको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष के पि ओलीले आफूहरू जेनजी विरोधी नभएको भन्दै उक्त भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो । उहाँले एमाले विरुद्ध कुनै विषय नपाएपछि जेनजी विरुद्ध चित्रण गरिएको बताउनुभयो । देश बनाउने सपना बोकेका दलहरूलाई पाखा लगाएर देश नबन्ने उहाँको भनाई छ।
”दलहरूलाई कमजोर बनाएर देश बन्दैन । विचारविनाका दल र पात्राले देशलाई सङ्कटमा लैजान्छन् ।” अध्यक्ष ओलीले भन्नुभयो । पार्टी भित्र एकता कायम गर्ने अहिलेको आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।
उहाँले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न आफ्नो चाहना रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले आठ दशकको यस गौरवशाली यात्रामा केही विरासतहरू, केही मानकहरू, केही पहिचानहरू बनाएको समेत उल्लेख गर्नुभयो ।
महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओली गर्नुभएको सम्बोधनको पूर्णपाठः
अध्यक्ष-केपी-शर्मा-ओलीको-उद्घाटन-समारोहको-मन्तव्य-2082-08-27