काठमाडौं, १६ चैत्र २०८२ः
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय सचिवालय बैठकले क्यान्सर पीडित एक सदस्यलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संघको हिजो बसेको बैठकको निर्णयअनुसार लुम्बिनी प्रदेश समिति र बाँके जिल्ला शाखाबाट प्राप्त पत्रका आधारमा बाँके शाखाका सदस्य तथा नन्दनी समीक्षा एग्रोभेटका सञ्चालक शशिचन्द्र सापकोटालाई सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।
सापकोटालाई मुखको क्यान्सर जस्तो प्राणघातक रोग देखिएको पुष्टि भएपछि उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै “शुभ जन्मोत्सव विशेष नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (VECDAN) आकस्मिक राहत कोष २०८१” बाट रु. ७५,००० (अक्षरुपी पचहत्तर हजार मात्र) सहयोग प्रदान गरिएको महासचिव सादुराम ढकालले जानकारी दिनुभयो। उक्त रकम सापकोटाको खातामा पठाउनका लागि चेक डिपोजिट प्रक्रियामा पठाइएको संघले जनाएको छ।
“शुभ जन्मोत्सव विशेष नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (VECDAN) आकस्मिक राहत कोष २०८१” सघका केन्द्रिय महासचिब सादुराम ढकालको पहलमा स्थापना गरिएको थियो।