झापा–५ मा बालेन्द्र शाहको ऐतिहासिक जितः केपी ओली भारी मतान्तरले पराजित

दमक, २३ फागुन २०८२ः

झापा जिल्ला क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार उहाँले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको हो ।

मतगणनाको अन्तिम परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभयो । दुवैबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ, जुन अत्यन्तै ठूलो अन्तर मानिएको छ ।

निर्वाचनमा तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली कांग्रेसकी मन्दरा चिमरियाले १ हजार ८२१ मत, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ मत तथा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १ हजार ४६१ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम परिणाम घोषणा हुनुअघि मतगणनास्थल र आसपास क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । विजयी प्रमाणपत्र लिन तथा विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल पुग्दा नेपाली सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!