यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ , १३ फागुन २०८२ः

मन्त्रिपरिषद्को यही फागुन १२ गते बसेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६) स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो।

बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने तथा दुई जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ।

यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेशको जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय गरिएको छ।

निर्वाचनका क्रममा सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

सरकारका प्रवक्ता अर्यालका अनुसार बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरूपण गर्न देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय गरिएको छ।

त्यसैगरी, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभाको निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!