नेपाल पशुपन्छी औषधि व्यवसायी संघको “शुभ जन्मोत्सव विशेष आकस्मिक राहत कोष २०८१” मा रु. ५ लाख संकलन

काठमाडौं, ६ वैशाख २०८३ः

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (VECDAN) का केन्द्रिय महासचिव सादुराम ढकाल (आशिष) ले आफ्नो जन्मदिनको अबसरमा स्थापना गरेको “शुभ जन्मोत्सव विशेष आकस्मिक राहत कोष २०८१” को आर्थिक विवरण सार्वजनिक गरेका छन् ।

महासचिव ढकालले दुई वर्ष अघि आफ्नै जन्मदिनको अवसरमा सामाजिक सेवाको उद्देश्य सहित रु. ४ हजार ४ सय ५५ बाट कोष सुरु गरेका थिए । हालसम्म संघका सदस्य तथा परिवारबाट २३६ जना सहयोगदाता मार्फत रु. ४,९९,५६३ संकलन भएको छ ।

दैवी प्रकोप, जटिल रोग तथा विपन्न नागरिकलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको उक्त कोषबाट हालै संघका सदस्य बाँकेका व्यवसायी शशिचन्द्र सापकोटालाई मुखको क्यान्सर रोगको उपचारका लागि रु. ७५ हजार सहयोग प्रदान गरिएको छ ।

संघका सदस्यहरूले आफ्नो वा परिवारका सदस्यहरुको जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतका अवसरमा स्वस्फूर्त रूपमा योगदान गर्दै आएको उल्लेख गर्दै ढकालले कोषलाई अझ विस्तार गर्न सबैलाई निरन्तर सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!