रास्वपामा नयाँ नियुक्ति: भूपदेव शाह महामन्त्री मनोनीत

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनीत हुनुभएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री तथा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।

त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त भएका छन् ।

सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरी मनोनीत भएका छन् ।

सभापति रवि लामिछानेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो ।

यसैबीच, रास्वपाले लेबी परिमार्जन गर्दै सांसदको १५ हजार, मन्त्रीको १८ हजार र स्वकीयको २ हजार रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!