प्रहरी–कुखुरा व्यवसायीबीच समन्वय बढाउने प्रतिबद्धता

चितवन, ९ बैशाख २०८३ः

जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल कुखुरा व्यवसायी मञ्चका पदाधिकारी तथा सदस्यहरूको स्वागतमा आयोजना गरेको कार्यक्रममा प्रहरी र व्यवसायीबीच समन्वय सुदृढ गर्ने विषयमा जोड दिइएको छ।

प्रहरी उपरीक्षक गोविन्द पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष रघुनाथ भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापा, चितवन उद्योग संघका पूर्व अध्यक्ष त्रिलोचन कडेंल लगायत मञ्चका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कुखुरा व्यवसायसँग सम्बन्धित समस्या, सुरक्षा चुनौती तथा प्रहरी प्रशासनबाट अपेक्षित सहयोगका विषयमा छलफल भएको थियो। व्यवसायीहरूले बजार व्यवस्थापन, ढुवानीका क्रममा हुने अवरोध तथा सुरक्षासम्बन्धी विषय उठाएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले सवारी चालक तथा सहचालकलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले व्यवसायीको सहकार्यमा सडक सुरक्षा सुधार गर्न सकिने धारणा राखे।

मञ्चका अध्यक्ष रघुनाथ भट्टले संस्थाले नीति–नियम विपरीतका विषय नउठाउने स्पष्ट पार्दै व्यवसायीका व्यवहारिक समस्या समाधानका लागि प्रहरीसँग सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्त कुमार भट्टराई, उपाध्यक्ष कृष्णहरी लोहनी, सचिव डा. विष्णुहरी शर्मा, कोषाध्यक्ष हरिकृष्ण खनाल, वरिष्ठ सदस्य कपिलबाबु खनाल, महेश्वर पोखरेल, सदस्यहरू शिव पौडेल, जनार्दन अधिकारी, तुलसीप्रसाद सुवेदी, कार्यकारी अधिकृत शिवप्रसाद बराल तथा कर्मचारी उमेश विष्टको उपस्थिति रहेको थियो।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले मञ्चको सहयोगप्रति प्रशंसा–पत्र प्रदान गरेको थियो। साथै, मञ्चका अध्यक्ष भट्टले प्रहरी उपरीक्षक पुरीलाई मञ्चद्वारा प्रकाशित २०८३ सालको ‘पोल्ट्री डायरी’ हस्तान्तरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!