आधुनिक पोल्ट्रीको आयोजनामा दोलखामा ब्रोइलर ब्रुडिङ व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

दोलखा । काठमा्डौ बालाजुमा अबस्थित आधुनिक पोल्ट्रीको आयोजनामा दोलखा जिल्लामा एक दिने ‘ब्रोइलर ब्रुडिङ व्यवस्थापन’ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय कृषक तथा व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो। तालिममा ब्रोइलर कुखुरा पालनको सबैभन्दा महत्त्वपूर्ण चरण मानिने ‘ब्रुडिङ’ को आधुनिक व्यवस्थापन, रोग नियन्त्रण र उत्पादन वृद्धिका प्राविधिक विषयमा विस्तृत छलफल र जानकारी प्रदान गरिएको थियो।

सहभागीहरूको सक्रियताले कार्यक्रम थप प्रभावकारी बनेको बताउँदै तालिमका प्रशिक्षक डा भिम कार्कीले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। “अब कृषक होइन, कृषि व्यवसायी बनौं” भन्ने मुख्य सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!