भाद्र १, २०८० शुक्रबार
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले अहिले पार्टीका नाम जुनकुनै राखेपनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको बताउनु भयो ।