बारा । भोटेकोशी बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजगढ, बारास्थित कान्तिपुर पोल्ट्रीले रु. १ लाख २ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कान्तिपुर पोल्ट्रीले उक्त रकम सहयोग गरेको हो।
कान्तिपुर पोल्ट्री पोल्ट्री तथा पशुपन्छी व्यवसायसँग सम्बन्धित संस्था हो। निजगढ, बारामा अबस्थित यस संस्थाले आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावित समुदायलाई सहयोग गरेको जनाएको छ।