भक्तपुर । प्रतिकूल मौसमका कारण रोटरी पुस्तक प्रदर्शनी २०८३ एक दिन थप गरिएको छ। रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार प्रदर्शनी अब भोली आइतबारसम्म सञ्चालन हुनेछ।
भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन भई रहेको अध्यक्ष प्रजापतिले जानकारी दिए।
उनले सम्पूर्ण विद्यार्थी, युवा तथा पुस्तकप्रेमीहरूलाई प्रदर्शनी अवलोकन गर्न र पुस्तक खरिद गरी पठन संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउन अनुरोध गरेका छन्।