बागमतीमा संघीय कर्मचारीलाई स्वास्थ्य सचिव बनाउन लागिएको भन्दै विरोध

काठमाडौं। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले प्रदेश स्वास्थ्य सचिवमा पुनः संघीय कर्मचारीलाई नियुक्त गर्न लागिएको भन्दै विरोध जनाएका छन्।

कर्मचारीहरूले बिहीबार प्रदेशका मुख्यमन्त्री किरण थापा र स्वास्थ्यमन्त्री गिरबहादुर तामाङलगायतलाई भेटेर विरोधपत्र बुझाएका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।

सोही बैठकले डा. अवधेशकुमार मिश्रलाई बागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिने गरी सरुवा गर्ने निर्णय गरेको थियो। डा. मिश्र हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एघारौँ तहका कन्सल्ट्यान्ट फिजिसियनका रूपमा कार्यरत छन्।

प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले प्रदेश सचिवमा संघीय कर्मचारीलाई पुनः जिम्मेवारी दिन लागिएको विषयमा असन्तुष्टि जनाउँदै निर्णयप्रति विरोध गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!