मध्यपुर थिमिमा मौलिक मण्डः निर्माण प्रतियोगिता हुने

मध्यपुर थिमि । नेपालमण्डलको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मध्यपुर थिमिमा मौलिक मण्डः निर्माण प्रतियोगिता आयोजना हुने भएको छ।

नवरत्न लाइफ स्कुलको आयोजनामा आगामी २०८३ कार्तिक २३ गते सोमबार प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामार्फत म्हःपूजामा निर्माण गरिने मण्डःको धार्मिक, दार्शनिक तथा सांस्कृतिक महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै परम्परागत मण्डः निर्माणसम्बन्धी सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

आयोजकले मध्यपुर थिमिका सम्पूर्ण खलः, पुचः, क्लब, समाज, टोल तथा समुदायलाई आ–आफ्नो क्षेत्रमा मौलिक मण्डः निर्माण गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

प्रतियोगितामा मण्डःको परम्परागत मौलिकता, धार्मिक तथा सांस्कृतिक शुद्धता, कलात्मक सौन्दर्य, रङ संयोजन, संरचना, अनुपात, प्राविधिक सीप तथा प्रतीकहरूको दार्शनिक व्याख्यालगायतका आधारमा मूल्याङ्कन गरिनेछ। मण्डः निर्माणमा परम्परागत विधि, प्रतीक, रङ र सामग्रीको प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

मौलिक मण्डः निर्माण प्रतियोगिताले मध्यपुर थिमिको सांस्कृतिक पहिचान संरक्षण गर्नुका साथै म्हःपूजासँग जोडिएको परम्परागत कला, ज्ञान र सीपको पुस्तान्तरणमा योगदान पुर्‍याउने ्बिश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!