चाँगुनारायणबाट प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई बिदाइ

भक्तपुर, १० कात्तिक। चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठको सरुवा भएपछि नगरपालिकाले बिदाइ गरेको छ।

नगरपालिकाले आयोजना गरेको ‘बिदाइ तथा फेरि भेटौँला’ कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले श्रेष्ठलाई खादा ओढाउनुका साथै कदरपत्र प्रदान गरी बिदाइ गर्नुभएको हो।

नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकामा कार्यरत रहँदा श्रेष्ठले पुर्‍याउनुभएको योगदान, सहयोग, समन्वय र सेवाप्रतिको समर्पणका लागि नगरपालिका परिवारका तर्फबाट आभार व्यक्त गर्नुभयो।

श्रेष्ठको सरुवा मकवानपुरको थाहा नगरपालिकामा भएको हो। नगर प्रमुख खत्रीले नयाँ कार्यस्थलमा समेत उहाँको ज्ञान, अनुभव, कुशल नेतृत्व र कार्यक्षमताले संस्थागत विकास तथा जनसेवामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!