अपाङ्गता भएका व्यक्तिको सहभागितामा समावेशी कृषि–खाद्य प्रणाली निर्माणमा जोड

काठमाडौं । नेपालको कृषि–खाद्य प्रणालीलाई अपाङ्गता भएका व्यक्तिका लागि समावेशी र पहुँचयोग्य बनाउन सरोकारवालाहरूले जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) नेपाल र नेपाल सरकारको संयुक्त पहलमा आयोजित संवाद कार्यक्रममा सरकारी प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिका संस्थाहरू (OPDs) तथा विकास साझेदारहरूले कृषि–खाद्य प्रणालीमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताका अवरोध र समाधानका उपायबारे छलफल गरेका छन्।

कार्यक्रममा माननीय गंगा छन्त्याल, माननीय मदनकृष्ण श्रेष्ठ र माननीय यशोदा बरालसहित विभिन्न सरोकारवालाहरूको सहभागिता थियो। छलफलमा कृषि तथा खाद्य प्रणालीसम्बन्धी नीति, योजना र कार्यक्रम निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिहरूको आवाज र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

कृषि–खाद्य प्रणालीको रूपान्तरणमा अपाङ्गता भएका व्यक्तिहरूलाई लाभग्राहीका रूपमा मात्र नभई निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने प्रमुख साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा सहभागीहरूले साझा धारणा व्यक्त गरेका छन्।

अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता, अनुभव र सुझावलाई नीति तथा कार्यक्रममा समेट्दै सबैको समान सहभागिता र पहुँच सुनिश्चित गर्ने प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ।

PC: FAO

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!