दुई नेपाली क्यान्सर विशेषज्ञलाई ESMO को लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड

काठमाडौं । दुई नेपाली क्यान्सर रोग विशेषज्ञले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ESMO) को ‘लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड २०२६’ प्राप्त गरेका छन्।

अवार्ड प्राप्त गर्ने नेपाली चिकित्सकमा डा. विवेक घोष र डा. रजनी झा रहेका छन्। उनीहरूको छनोट नेपाली चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

ESMO ले क्यान्सर उपचार तथा अनुसन्धान क्षेत्रमा कार्यरत उदीयमान विशेषज्ञहरूको नेतृत्व क्षमता र व्यावसायिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ।

सन् २०२६ का लागि विश्वभरबाट २८ जना चिकित्सक तथा विशेषज्ञ छनोट भएका छन्। उनीहरूलाई अक्टोबर २३ देखि २७ सम्म स्पेनको म्याड्रिडमा आयोजित ESMO Congress 2026 सँग सम्बन्धित कार्यक्रममा सम्मान गरिएको जनाइएको छ।

अन्तर्राष्ट्रिय स्तरको यस अवार्डले क्यान्सर उपचार, अनुसन्धान र चिकित्सकीय नेतृत्व विकासमा नेपाली विशेषज्ञहरूको सहभागिता तथा सम्भावनालाई उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!