पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनबारे भक्तपुर नगरपालिकासँग छलफल

भक्तपुर । पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनको तयारीका विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती र उपप्रमुख रजनी जोशीसँग छलफल भएको छ।

मन्त्रालयको तर्फबाट डा. बरुणकुमार शर्माको नेतृत्वमा गएको टोलीले नगरप्रमुख र उपप्रमुखसँग ऐन कार्यान्वयनका लागि आवश्यक तयारी, समन्वय तथा व्यवस्थापनका विषयमा गहन छलफल गरेको हो।

छलफलका क्रममा नगरप्रमुख प्रजापती र उपप्रमुख जोशीले पशुपन्छीमा बर्डफ्लु लगायतका रोग देखिने अवस्थामा उपभोक्ताले स्वस्थ तथा सुरक्षित मासु उपभोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न मासु जाँचसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँहरूले जनस्वास्थ्य र उपभोक्ता सुरक्षाका लागि पशु वधशाला तथा मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!