मध्यपुर थिमि/रत्न काजि प्रजापति । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मेट्रो सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययनका क्रममा मध्यपुर थिमि नगरपालिकामा छलफल भएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) बाट भइरहेको सम्भाव्यता अध्ययनअन्तर्गत २०८३ कात्तिक १३ गते नगरपालिकामा छलफल गरिएको हो।
छलफलमा नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठसहित विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप व्यवस्थापन तथा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने सन्दर्भमा मेट्रो सञ्चालनको सम्भाव्यता अध्ययनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।