पोल्ट्री सप्लायर्स कल्याणकारी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भरतपुर। नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघले बडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। आइतबार भरतपुरमा आयोजित कार्यक्रममा पोल्ट्री व्यवसायीबीच एकता, सहकार्य र आपसी सद्भाव बढाउनुपर्नेमा जोड दिइएको थियो।

संघका अध्यक्ष महेश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भुवनलाल जोशी प्रमुख अतिथि थिए। संघका उपाध्यक्ष जनार्दन अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि जोशी, निवर्तमान अध्यक्ष तथा भरतपुर महानगरपालिका–२ का वडाध्यक्ष मनोज रानाभाट, पूर्वअध्यक्षहरू कृष्णहरि लोहनी, तेजनारायण पाण्डे, जयकृष्ण सापकोटा र रामकृष्ण अर्याल तथा सदस्यहरूको प्रतिनिधित्व गर्दै मिलनजंग थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले चाडपर्वले पोल्ट्री व्यवसायीबीच आत्मीयता, भ्रातृत्व र व्यावसायिक एकता अभिवृद्धि गर्ने बताएका थिए। उनीहरूले संघको स्थापनादेखि हालसम्म भएका गतिविधिको चर्चा गर्दै व्यवसायको विकासका लागि आपसी सहकार्य र एकतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। महासचिव तुलसीप्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रमको समापन अध्यक्ष पोखरेलले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!