गौ हत्याको विरूद्ध कारवाहीको माग

भक्तपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले गौ हत्याकोविरूद्ध कारवाहीको माग राखेको छ । त्यसका लागि पार्टीले मंगलबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ । पार्टीकोतर्फबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम भएको हो । यसका लागि दिउँंसो भक्तपुरको कालोपाटी हाकुफल्चाबाट नाराजुलुशसहित पार्टी नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशाशन कार्यालय भक्तपुर पुगेको थियो । उनीहरुले गौ हत्याकोविरूद्ध कारवाहीको माग र सामाजिक, धार्मिक, सांस्कृतिक सद्भावको आव्हानसहितको ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा सयौ पार्टी नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । सहभागी सम्पूर्ण नेता, कार्यकर्ता एवं हिन्दू राष्ट्र र गौमाताप्रेमी महानुभावहरुलाई पार्टी भक्तपुर जिल्ला संयोजक एवं केन्द्रिय सहमहामन्त्री रवीन्द्रप्रताप शाहले धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!