अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए । तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ ।रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए । अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो ।
रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको बतउनु भयो । अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उहाँ बताउनु हुन्छ ।
त्यस्तै डर छ, पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई । युएक्सओका पीडित उहाँ बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताउनु हुन्छ । करिव पाँच वर्ष पहिला भएको बम बिस्फोटमा आफ्नो हात गुमाउनु परेको बताउनु भयो ।
उहाँले अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाउनुभएको छैन । ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ । जसले दशौं हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन् । रेड क्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ ।