इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम

भाद्र १३, २०८० बुधबार
सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।

बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई ) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसि कार्यलय अगाडि होम हालेर सांकेतिक बिरोध जनाएको हो । बिरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताउनु भयो । उहाँले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै बिरोध प्रदर्शन गरिरहेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भिसिलाई विद्यार्थीको पक्षमा सकारात्मक रुपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईं आमरण अनुसनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था जटिल छ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गर्दै आएका थियौँ । बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन ग¥यौं । हाम्रो निदाएको भिसी ब्युँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौँ ।’

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.÷बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!