गृहमन्त्रीले बिना शर्त राजीनामा नदिए आमरण अनसन शुरु गर्छुः काँग्रेस सांसद शर्मा

श्रावण २९, २०८० सोमबार

सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ ।
आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताउनु भयो । गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘जसले मलाई निहत्था, निर्दोष मान्छेलाई आतंककारीको हिसावले यो राज्यसत्ताले बिना पक्राउ पुर्जी मेरो घरबाट पक्राउ गरेर कस्टडीमा राखिराखेको बेलामा सबै सांसदहरुले पक्ष, प्रतिपक्ष नभनिकन यो सदनमा हुनुभएका सबै सांसदहरुले आफ्ना आवाजहरुलाई बुलन्द गर्नुभयो । र, मलाई छुटाउनका निम्ति सहयोग गरिदिनु भएकोमा मेरो हृदयको अन्तस्करणका उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । नमन गर्न चाहन्छु । त्यसपछाडि सभामुख महोदयमार्फत बिपी कोईरालाको आत्मालाई सम्मान गर्दै न्याय पूर्तिहरुले, न्यायालयले मलाई दिनुभएको न्याय, कष्टडीबाट रिलिज गर्नुभएकोमा म यो सदनमार्फत, सभामुखमार्फत न्यायालयलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । सर्वप्रथम नाजीहरु कम्युनिष्ट सिध्याउन आए । म मौन बसेँ । किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लगाए । मैले केही बोलिन । किनभने म यहुदी पनि थिइन । पछि उनीहरु प्रोसेन्टटेडहरुलाई सखाप पार्न आए । म क्याथोलिक थिए । त्यसैले म केही बोलिन । अन्ततः ती मलाई लिन आए । तर, त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएनन् । यो पादरी मार्टिन भन्ने जर्मन कविले लेख्नुभएको कविता हो । सभामुख महोदय, मेरो घटनाको विवरण कस्तो छ भने २५ गते करिव २ः१५ मा २ जना अज्ञात मान्छे सिभिल ड्रेसमा मेरो घरमा आउनुभयो । र, मलाई उहाँहरुले हामी सिआईबीबाट आएको भनेर भन्नुभयो । मलाई तपाईहरुले राख्ने गरी लानुहुन्छ होला । म कपडा बोकौँ भने । हुन्छ बोक्नुस भन्नुभयो । मैले कपडाहरु प्याक गरेँ । म कोठामा जाँदा पनि उहाँहरुले छोड्नुभएन । कोठामै जानुभयो । अनि मैले कपडा लगाएँ । र, म हिँडे । त्यतिबेला मेरो दिमागमा पक्राउ पूर्जी माग्नुपर्छ भन्ने पनि आएन । त्यसपछि एक जना पत्रकार साथी माधव चौलागाईं भन्ने मित्रले मलाई सम्झाउनु भयो । अजयबाबु शिवाकोटी भन्ने मेरो केन्द्रिय सदस्यले पनि सम्झाउनु भयो । सभामुखको स्वीकृति छ कि छैन ? नम्बर वान । नम्बर २ पक्राउ पुर्जी दिएको छ कि छैन ? दुवै कुरा थिएन । बीच बाटोमा आएपछि मैले मागे । मैले मागे, उहाँहरुले दिनुभएन । मलाई पौने ३ बजेतिर घरबाट गिरफ्तार गरिएको थियो  । मलाई लगेर एम्बाष्टर होटल छेउको एउटा खालि घरमा म एउटा मात्रै मान्छेलाई त्यहाँ भित्र राखियो । र, ५ बजेर ५२ मिनेट जाँदा पटकपटक मैले झगडा गरेपछि मैले भने मलाई पक्राउ पुर्जी दिनुपर्छ । म यो लोगो सांसदको लोगो हो । म देखाउन चाहन्छु । म क्रिमिनल होइन, अपराधी होइन । मैले बलात्कार गरेको होइन । मैले चोरी गरेको होइन । तपाईको आरोप के हो ? मैले थाहा पाऊँ । र, मैले सुन तस्करी गरेको छैन । मैले के कारणले गिरफ्तार भएको छु भन्ने कुरा थाहा पाउनु अधिकार हो भनेपछि बल्लबल्ल उहाँहरुले ५ बजेर ५२ मिनेट जाँदाखेरी ३ घण्टाको फरकमा मलाई एउटा पत्र दिनुभयो । त्यो समय पनि मैले नोट गरेको छु सभामुख महोदय । त्यो पत्रमा समय नलेख भनेर मलाई उहाँहरुले भन्नुभएको थियो । मैले रिसिभको समय लेख्छु भने । त्यसपछि उहाँहरुले लाने बेलामा मैले भने म मिडियामा बोल्छु भने उहाँहरुले दिनुभएन । हातपात गर्नुभयो । सभामुख महोदय, मलाई हातपात गर्नुभयो । त्यसपछाडि मलाई एउटा गाडीमा राखेर साँझमा राति करिव ८÷९ बजेतिर मलाई प्रहरी तालिम केन्द्र सिबिआईको अफिसमा लैजानु भयो । त्यहाँ लगिसकेपछि अहिलेको सुन तस्करीमा मुछिएका दावा भन्ने जो साथीहरु छन् । तिनीहरु र ललिता निवास काण्डमा परेका साथीहरु, जहाँ अपराधी मानिसहरुलाई राखिन्छ, त्यही कष्टडीमा रातभरी थुन्नुभयो । त्यही राख्नुभयो । र, पहिला त मलाई एआइजी साबले खाना त घरबाट ल्याउन पाईदैन भन्नुभयो । मैले भने–म अलिकति बिरामी छु । मलाई डाईरिया भइराखेको छ । फिवर आइराखेको छ । त्यसकारणले मलाई घरबाट खान ल्याउने अनुमति दिनुप¥यो भनेपछि अनि उहाँले मान्नुभएन । करिव करिव आधा घण्टा उहाँसँग मेरो भनाभन भयो, लामो डिस्कसन भयो । मैले अन्तिममा उहाँलाई के भने भने–तपाई मलाई खान दिनुहुन्न भने निर्वस्त्र अण्डरवेयर लगाएर आमरण अनसन बस्छु भनेर मैले उहाँलाई भने । त्यो भनेपछि उहाँले खानेकुरामा एलाउड गर्नुभयो । र, पछि घरबाट खाना आयो । म खाना खाएर राति करिव १२ बजेतिर त्यहाँ सुतेँ । भोलीपल्ट उठेँ । भोलिपल्ट मलाई जिल्ला अदालत लैजाने तयारीमा हुनुहुन्थ्यो । मलाई के पनि थाहा थिएन भने हिरासतमा राख्नका लागि अर्को पत्र दिनुपर्दो रहेछ । त्यो पनि मलाई थाहा थिएन । तर उहाँहरुले मलाई जब भेनमा चढाउनु भयो, करिव ३ बजेर एराउण्डमा । भेनमा चढाइसकेपछि भित्र बोलाउनु भयो । अनि, मलाई यो पत्रमा साईन गर्नुुस् भन्नुभयो । मैले साईन गरेँ । फेरि मैले त्यो पत्रमा पनि समय लेखेँ । करिव २४ घण्टापछि मलाई हिरासतमा राख्ने पत्र दिनुभयो । मैले त्यो समय पनि नोट गरेको छु सभामुख महोदय । र, अदालत गइयो । सरकारी वकीलको पुगेपछि पनि मलाई हातपात गर्नुभयो बाहिरपट्टी । किन गर्नुभएको रहेछ त भन्दाखेरी त । त्यो जुन पत्र छ । त्यो उहाँहरुले अघिल्लो दिन नै दिनुपर्ने पत्र रहेछ । मलाई हातपात गर्नुभयो । कोटमा भएको सबै कागज थुत्नुभयो । तर, लक्कीले त्यो पत्र मैले सर्टको गोजीमा राखेको रहेछु । यहाँ उहाँहरुले हात लगाउनु भ्याउनु भएनछ । त्यो पत्र जोखियो । र, पछि मैले बाटोमा मेरो वकीललाई दिए लुकाएर । र, त्यो मैले अदालतमा पेस गरेँ । र, सभामुख महोदय, त्यसपछि मैले सरकारी वकीलको अफिसमा गएपछि वकीलको डायरीमा मैले नोट गराएँ । कि मलाई यहाँ बाहिर पटी हातपात भएको छ । त्यहाँ पनि हातपात भएको छ । उहाँहरुले मान्नुभएको थिएन । मैले मेरो कुरा न्यायमूर्ति भएकाले तपाईहरुले दर्ज गर्नुपर्छ भने । र, उहाँले लेखिदिनु भयो । सभामुख महोदय, यो देश विधानको अधिनको रहेर, प्रजातान्त्रिक व्यवस्था अन्तर्गत नेपाली जनताले मत दिएर चुनिएर यो संसदमा आएको सभासद हो म तपाईहरु जस्तै । र, यो डेमोक्रेटिक प्रोसेसको निम्ति हाम्रा अग्रजहरु विपी कोईराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता धेरै हाम्रा नेताहरुले वर्षौैं वर्षसम्म जेल सजाय भोगेर ल्याएको डेमोक्रेटिक सिस्टम हो यो । र, त्यो सिष्टम भित्रको म सांसद हुँ । आदरणीय सभामुख महोदय । यो राज्य सत्ताले जब मैले यो मुलुकका सुन तस्करका नाइकेहरुको अथवा त्यहाँ संलग्न वा त्यसमा नैतिक रुपमा संलग्न मान्छेहरुको जब यो सदनमा राजीनामा मागे, तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो । भनेपछि यो देशको गृहमन्त्री, यो देशको प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री र गृहमन्त्री आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ? सभामुख महोदय, नियमापत्ति गर्न पाउनु हुन्छ उहाँहरुले । तर मैले सकेपछि । सभामुख महोदय, मेरो माग के हो भने–यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाईदैन भने, यो प्रजातान्त्रिक सिष्टममा सदन भित्र नैतिक हैसियत भएन भनेर तपाईंहरुको राजीनामा माग्न पाईंदैन भने हामी जस्ता सभासदहरुहरुालाई बिना पक्राउ पूर्जी एरेष्ट गरिन्छ भने अनि जनताको अवस्था के होला ? त्यसकारणले मेरो माग के हो भने अहिलेको गृहमन्त्री, जसले मलाई आतंकारी जस्तो बनाएर एरेष्ट गर्नुभयो, उहाँले बिना शर्त राजीनामा गर्नुपर्छ । यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ । र, त्यतिन्जेलसम्मका निम्ति मे फेरि पनि म पुनश्चः मेरो पुरानो स्ट्याण्डलाई सभामुखमार्फत दोहो¥याउन चाहन्छु । यदी गृहमन्त्रीले राजीनामा गर्नुहुन्न  । यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनसन डिक्लिएर गरिदिन्छु । म हेर्छु, के हुन्छ ? त्यसपछि भन्छु । ’

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गर्न पाईन्छ ? भनेर समेत पटकपटक प्रश्न गर्नुभयो । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई, दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!