छ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन खुला

काठमाडौँ, जेठ ४ — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै ६ वटा प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नाम सिफारिसका लागि आवेदन खुला गरेको हो।

आवेदन खुला गरिएका प्रतिष्ठानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

मन्त्रालयका अनुसार उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको हो।

कार्यविधिमा चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, नवप्रवर्तन तथा दक्ष जनशक्ति उत्पादनका उत्कृष्ट केन्द्रका रूपमा प्रतिष्ठानलाई विकास गर्न सक्षम, निष्पक्ष, अनुभवी, दूरदर्शी तथा नतिजामुखी नेतृत्व छनोट गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ।

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदनसम्बन्धी विस्तृत कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!