हेटौंडा/रत्न काजि प्रजापति । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरले आयुर्वेद औषधिहरूको झुटा तथा भ्रमात्मक प्रचार नगर्न चेतावनी दिएको छ।
कार्यालयले एक सूचना जारी गर्दै फेसबुकलगायत सामाजिक सञ्जालमा क्यान्सरजस्ता जटिल रोगको ग्यारेन्टीसहित उपचार, निको नभए पैसा फिर्ता जस्ता प्रलोभन देखाएर औषधि बिक्री तथा विज्ञापन भइरहेको भन्दै यस्तो कार्य औषधि ऐन, २०३५ विपरीत हुने जनाएको छ।
यस्ता गतिविधिबारे कार्यालयमा उजुरीहरू समेत प्राप्त भएको र भविष्यमा त्यस्ता कार्य नगर्न/नगराउन सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको सूचनामा उल्लेख छ। साथै, नियम उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।