भक्तपुर / रत्न काजि प्रजापति । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका विषयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासँग छलफल गरिएको छ।
सहसचिवद्वय डा. जगदिश पाण्डेय र डा. विकास श्रेष्ठ तथा वरिष्ठ पशु चिकित्सक डा. राकेश प्रजापतिको उपस्थितिमा उक्त छलफल भएको थियो।
छलफलमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन, स्वच्छ तथा सुरक्षित मासु उपलब्धता सुनिश्चित गर्ने र मासुजन्य खाद्य पदार्थको गुणस्तर कायम गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
