दशैं लगतै पोल्ट्री उत्पादनको मूल्य ओरालो: अण्डापछि कुखुराको पनि घट्यो मूल्य

काठमाडौं/ रत्न काजि प्रजापति। दशैंयता पोल्ट्री उत्पादनहरूको मूल्यमा गिरावट देखिएको छ। सोही क्रममा भोली सोमबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य प्रतिकिलो रु १० ले घटेर रु २८० पुगेको छ। बजारमा माग घटेसँगै कुखुराको मूल्यमा दबाब परेको व्यवसायीहरूले बताएका छन्।

यसअघि अण्डाको मूल्यमा पनि गिरावट आएको थियो। लगातारको मूल्य घटबढले पोल्ट्री व्यवसायी, किसान तथा उपभोक्ता दुवैलाई असर पारेको छ।

पोल्ट्री ब्यबसायीहरूका अनुसार चाडपर्वको समयपछि मागमा आउने कमी, ढुवानी तथा उत्पादन व्यवस्थापनमा देखिने असन्तुलनका कारण मूल्य घट्ने प्रवृत्ति देखिएको हो।

अण्डा र कुखुराको मूल्य घटेसँगै बजारमा उपभोक्ताले केही राहत पाएका छन् भने उत्पादक पक्षलाई भने लागत र बिक्री मूल्यबीचको सन्तुलन मिलाउन दबाबमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!