रोटरी क्लब अफ भक्तपुरको आयोजनामा कार्तिक १२ देखि विद्यार्थी निकेतनमा तीनदिने ‘ग्रान्ड बुक एक्जिबिसन २०२६’

भक्तपुर । पठन संस्कृतिको विकास, ज्ञानको विस्तार तथा पुस्तक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुरमा तीनदिने ‘ग्रान्ड बुक एक्जिबिसन २०२६’ हुने भएको छ।

रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार प्रदर्शनी आगामी कार्तिक १२, १३ र १४ गते विद्यार्थी निकेतन, भक्तपुरमा आयोजना हुनेछ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ।

प्रदर्शनीमा विभिन्न विधाका पुस्तकहरूको अवलोकन, पुस्तक विमोचन, सिर्जनात्मक स्टल तथा पठन संस्कृतिलाई प्रोत्साहन गर्ने विविध गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

पुस्तकप्रेमी, विद्यार्थी, शिक्षक, साहित्यकार, लेखक तथा ज्ञान हासिल गर्न इच्छुक सबै उमेर समूहका व्यक्तिलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीले पुस्तकप्रतिको आकर्षण बढाउन र नयाँ पुस्तामा पढ्ने बानीको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष प्रजापतिका अनुसार पुस्तक केवल ज्ञानको स्रोत मात्र नभई समाजलाई सचेत, सिर्जनशील र विचारशील बनाउने माध्यमसमेत भएकाले यस्तो प्रदर्शनीले पठन संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

रोटरी क्लब अफ भक्तपुरले सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई पुस्तक अवलोकन गर्न, ज्ञान आदानप्रदान गर्न तथा पुस्तक संस्कृतिको विकासमा योगदान पुर्‍याउन आग्रह गरेको छ।

“पुस्तक पढौँ, ज्ञान बढाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यो प्रदर्शनीले भक्तपुरमा पठन संस्कृतिको प्रवर्द्धन र ज्ञानमूलक गतिविधिलाई थप प्रोत्साहन गर्ने बिश्वास  गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!