सरकारद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

श्रावण ३१, २०८० बुधबार

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न शुरु गरेको छ

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न शुरु गरेको हो । एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको औपचारिक घोषणा गर्नुभयो । प्रधानमन्त्री दाहालले ल्यापटपको स्वीच थिचेर औपचारिक घोषणा गर्नुभयो । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज  औपचारिक घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!