२२ औं आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी

नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौति प्रश्तुत गर्ने भएका छन् ।

श्रावण ३१, २०८० बुधबार

आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२ औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप शुरु हुँदैछ । जहाँ नेपाल समान दुई पुरुष र महिला खेलाडीले फाइटतर्पm प्रतिष्पर्धा गर्न लागेका हन्ु । महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्पmबाट चुनौती प्रश्तुत गर्दैछन् । रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् । 

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन् । नेपाल आइटिएफ महासंघका निर्वतमान अध्यक्ष एवं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अञ्जन धमला नेपाली टोलीको प्रमुख हुन् । एशियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भुमिका पनि निर्वाह गर्नेछन् ।
काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गर्नुभएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । नेपाली टोली बिहीवार काजकिस्तानतर्फ प्रस्थान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!