सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको होः प्रधानमन्त्री दाहाल

भाद्र १५, २०८० शुक्रबार

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताउनुभएको छ ।

आफूले देशको पक्षमा धेरै काम गरेको दावी गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई जनताको बीचमा लैजाने र स्थापित गराउने काम समाजवादी मोर्चाले गर्नुपर्ने बताउनुभएको हो । समाजवादी मोर्चा, नेपालले शुक्रवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति संकेत गर्दै प्रतिपक्षले सरकार र सत्तारुढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्न नचाहेकाले समाजवादी मोर्चाले जनताको पक्षमा गरेका कामको प्रचार गर्नुपर्ने बताउनु भयो । समाजवादी मोर्चा गठन भएयता आफू धेरै खुशी भएको प्रधानमन्त्री दाहालले भनाई थियो । प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा ठूल्ठूला उपलब्धि हासिल गरेपनि प्रतिपक्ष एमालेले संसदमा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब यी सबै कुरा भनिदिने कसले भन्ने थियो मलाई । अहिले समाजवादी मोर्चा बनाएपछि खुशी छु म । हामीले सबैले भन्न थालेका छौं अहिले । यी कामहरु राम्रा हुन् । राम्रा कामलाई राम्रो भन्न प¥यो । र, हामीले जो दोषी छन् । दोषीलाई नछोडने, निर्दोषलाई छुनै नपरोस् । मैले तपाईहरुले सुन्नुभएको छ । मानिसहरुले धेरै चलखेल गर्न खोजेका थिए । त्यो कथा भन्यो भने अहिले धेरै छ । म त्यतातिर जान्न । अनेकखालको चलखेल, जालझेलहरु छन । त्यत्रो ठूल्ठूला कामहरु भए इण्डिया गएको बेलामा । तपाईहरुले सदनमा हेर्नु भएको भए मलाई सकेसम्म एकथरी साथीहरुले बोल्नै नदिने । मैले यो गरेर आएको छु भन्न पनि नदिने । र, गरेको त्यत्रो पावर ट्रेड एग्रिमेन्ट भएको छ । त्यो सुन्नै नचाहने । त्यत्रो सीमाको समस्या समाधान गर्ने कुरा भएको छ । त्यो सुन्नै नचाहने । पञ्चेश्वरको त्यत्रो परियोजना अगाडि बढ्दैछ । त्यो भन्नै नदिने । बोल्नै नदिने, होहल्ला गर्ने । तपाईहरुले सुन्नुभएको होला, देख्नु पनि भयो होला । अनि, त्यो सबैलाई के माकेन्द्रित गने भने मुर्रा लिएर आएको छ भनिदिने । त्यसमा मलाई बदनाम गर्न खोजियो । त्यसकारण कमरेडहरु मैले के भन्न चाहन्छु भने हाम्रा बिरोधीेले कुरा राम्रो ग¥यो सरकारले । सत्ताले, राम्रो ग¥यो यो सत्तावाला गठबन्धनले, गठबन्धनका नेताहरुले । प्रधानमन्त्रीले साँच्चै देशको पक्षमा धेरै पो काम गरेको रहेछ भनेर उनीहरुले त भनि दिँदैनन् । उनीहरुले त जनतालाई त खत्तम पा¥यो देशलाई मात्रै भनिरहन्छन् । यो लैजाने जिम्मा तपाई हाम्रै हो । हामीेले जनतालाई बुझाउने, जनताको बीचमा स्थापित गर्ने जिम्मा हाम्रै हो ।’

प्रधानमन्त्री दाहालले प्रतिपक्ष एमालेले आफूले देशलाई बर्बाद पारेको भनेर नेगेटिभ कुरा मात्रै गर्ने गरेको पनि दोहो¥याउनु भयो । उहाँले केही दिन भित्रै नेपालको इतिहासकै सबैभन्दा ठूलो जलविद्युत परियोजना कर्णाली–चिसापानी जलविद्युत परियोजनाको अध्ययन कार्य सरकारले अघि बढाउने घोषणा समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!