बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि, १९ भाद्र–
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ ।
उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सभापति श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त र उपशाखाले गर्दै आइरहेको कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रशिक्षनात्मक अन्तरक्रिया गर्नुभएको थियो ।
उपशाखाका संस्थापक सभापति दुर्गामोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाले “म सेवा गर्छु” वा “मनैदेखि सेवा गर्छु” भन्ने भावनाले रेडक्रसमा लागेको बताउदै भक्तपुर जिल्लाकै पहिलो उपशाखाको रुपमा स्थापित गर्न सकेकोमा गर्व लागेको बताउनुभयो । मध्यपुर थिमि उपशाखा उत्कृष्ट उपशाखा पुरस्कारद्वारा सम्मानित भएको समरण गर्दै समुदायमा शवबाहन सेवा संचालनलाई निरन्तरता दिइरहेकोमा सरहाना गर्नुभयो ।
उपशाखाका उपसचिव सुशिला श्रेष्ठले स्वागत सहित संचालन गर्नु भएको कार्यक्रममा पूर्व सभापतिहरु, विद्यालयका युवा सर्कलका प्रतिनिधिहरु, आजीवन सदस्यहरु, उपसमितिका संयोजक एवं सदस्यहरु र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु सहभागिता रहेको थियो ।