मुल्य पुरानै कायम
काठमांडौ, भाद्र २४, २०८०ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक सघको आज बसेको बैठकले अन्डाको साईज ३ थरी मात्रै हुने निर्णय गरेको छ। जस अनुसार अब देखि बजारमा १२ किलो माथिको मिडियम, १३ किलो माथिको ठुलो र १४ किलो माथिको एक्स एल गरी तिन साईजमा मात्र अन्डा उपलब्ध हुनेछ। यस अघि चल्तिमा रहेको सानो अन्डा (ओ साईज) अब देखि लोड हुने छैन।

नेपाल लेयर्स कुखुरापालक सघको सरोकारवालाहरु संगको आज बसेको बैठकले अन्डाको मुल्यमा भने कुनै परिबर्तन गरेको छैन। यहि भाद्र १२ गतेको मुल्य सुचि अनुसार नै कारोबार गर्ने निर्णय बैठकले गरेको छ। पुरानो मुल्य ठुलो अन्डा प्रति क्रेट रु ४५५ र मिडियम अन्डा प्रति क्रेट रु ४२५ तोकिएको थियो।

अन्डाको बर्तमान बजार अबस्थाको बारेमा गहन छलफल भएको उक्त बैठकले संघले तोकेको मुल्यमा एकरुपता कायम गरि राख्नुका साथै ब्याबसायिक मर्यादा कायम गर्नको लागि संघका उपाध्यक्ष सुनिल कुमार शाक्यको नेतृत्वमा सुर्यमान शाक्य र रबी शाक्य सदस्य रहने गरी ३ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ।

संघका अध्यक्ष बिनोद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा संघका उपाध्यक्ष सुनिल कुमार शाक्य, महासचिब शोभाकान्त ढकाल, सचिब मदन पोखरेल, सल्लाहकार राजेन्द्र ला्मिछाने , त्रिलोचन कंडेल लगायत नेपाल भरीका लेयर्स कुखुरा पालक ब्यबसायीहरुको उपस्थिति रहेको थियो।
स्मरण रहोस करिब ११ महिना अगाडि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सघले गरेको अथक मेहेनतकै कारण झन्डै झन्डै पलायनको स्थितिमा पुगेको लेयर्स कुखुरापालन ब्यबसायमा अहिलेको यो सन्तोषजनक अबस्थामा पुगेको हो।
