प्रधानमन्त्री प्रचण्डद्धारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।

यो स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरीएको हो । १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो।

यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ।

ओबिलिस्क स्मारक नोभेम्बर ३०, १९४९ मा पारित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण सत्रको प्रस्ताव अनुसार निर्माण गरिएको थियो, जसको निर्माण अगस्ट १९५२ देखि मे १९५८ सम्म चलेको थियो। स्मारकका वास्तुकार लियाङ सिचेङ थिए।

PC: Pradeep Want

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!