काठमाडौँ, २०८० आश्विन २६ः
रत्न काजि प्रजापति
नेपाल औषधि उत्पादक संघको आज सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष प्र्धानले ३७ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पधी निवर्तमान महासचिव विप्लव अधिकारीले १७ मत प्राप्त गरे।
अघिल्लो कार्य समितिमा वरिष्ठ उपाध्यक्ष रहेका प्रधान ओम्निका ल्याव्रोटोरिजका अध्यक्ष हुन् । यसअघि पनि पटकपटक संघको सदस्य र पदाधिकारी रहेका प्रधानले अध्यक्षमा बाजी मारेका हुन् । अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरिए्को भएता पनि ्सहमति हुन सकेको थिएन।
त्यसै गरी सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वि राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेश वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका थिए। दीपक कुमार तिबडेवालले ३८ मत पाएका थिए।
निर्वाचित सदस्यहरुबाट बरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गाटा र उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन् । यस्तै महासचिवमा सुदर्शन खेगुली र कोषाध्यमा पृथ्वीराज भण्डारी(निजु) चयन भएका छन्। सदस्यहरुमा शैलेश बैद्य, सुमितचन्द्र श्रेष्ठ, पंकज कुमार तिवारी, गिरिराज पाठक र दिपक तिबडेवाल चयन भएका छन्।
संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो।