उदयपुर, कार्तिक १५, २०८०ः
उदयपुर प्रहरीले प्रतिबन्धित लागू औषध शरिर भित्र फ्रीजिङ गरी ओसारपसार गरेको आरोपमा दुई ब्यक्तिलाई पक्राऊ गरेको छ।
हिजो साझ उदयपुर जिल्लाको बेलका न.पा.१ आम्बासी स्थितमा अस्थाई प्रहरी बिट आम्बासिबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा जिल्लको चौडण्डीगढी न.पा.४ बस्ने बर्ष ३० को सुमन तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल र ्सोहि स्थानमा बस्ने बर्ष ३० को मुकेश राईको साथबाट लेबल बिनाको ५ एम्पुल गरि जम्मा ८ एम्पुल प्रतिबन्धित लागू औषध शरिर भित्र ्फ्रीजिङ गरि ल्याएको पाईएको थियो।

प्रहरीले सो लागु पदार्थहरु निजहरुको शरिरबाट निकालि बरामद गर्नुका साथै निजहरु माथि थप अनुसन्धान गरिरहेको जनाएको छ।