श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने दुई जना पक्राउ

काठमाडौं, कार्तिक १६, २०८०ः

श्रम स्वीकृति लगायतका नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् ।

भिजिट भिषामा विदेश ‍जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने दुवै जनालाई काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडस्थित वैदेशक रोजगार सम्बन्धि काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो । साथै उक्त ट्राभल्सको कोठाबाट मोबाइल २ थान र सिपियु १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!