अवैध रुपमा ल्याइएको चिनी बरामद

काभ्रेपलाञ्चोक, कात्तिक १६ , २०८०ः

प्रहरीले वीपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको साधन चेकजाँच गरी अवैध रुपमा ल्याइएको चिनी बरामद गरेको छ। नेपालको पूर्वी क्षेत्रका विभिन्न स्थानबाट वीपी राजमार्ग भएर अवैध रुपमा राजधानीमा चिनी भित्रिने गरेको सूचनाको आधारमा प्रहरीले सबारी चेकजाँच गरी उक्त चिनी बरामद गरेको हो।

प्रहरी चौकी काभ्रेभञ्ज्याङका प्रहरी र ट्राफिक प्रहरीले बुधबार र बिहीबार राजमार्ग गुड्ने सवारी चेकजाँच गर्दा करिब एक हजार किलोग्राम चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

बजारमा चिनीको अभाव भएसँगै नेपालको तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!