नेपालगन्जमा भेटिएको जरायो नियन्त्रणमा ःबाँके राष्ट्रिय निकुञ्ज पठाइयो

नेपालगन्ज, मङ्सिर १०, २०८०ः

नेपालगन्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो । शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो पाइएको उहाले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोलीको सहयोगमा खाडलमै रहेको अवस्थामा ‘डार्ट’ प्रयोग गरेको र ‘डार्ट’ गरिसकेपछि जरायोले अग्लो बनाएर छेकेको जालसमेत उफ्रेर नाघेर सडकतिर भागेको उहाँले बताउनुभयो । पार्धेका अनुसार भागेको जरायोलाई लखेट्दै जाँदा अत्तालिएर एक स्थानीयको घरको कोलियाभित्र पसेपछि त्यहाँबाट नियन्त्रणमा लिइएको हो । ‘डार्ट’ प्रयोग गरेको करिब दुई घण्टापछि मात्र नियन्त्रणमा लिन सकिएको उहाँले बताउनुभयो । करिब १५० किलोको भाले जरायो कसैले घरमा पालेको हुनसक्ने पार्धेको अनुमान छ । ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको उक्त जरायोलाई शनिबार नै बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको पार्धेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!