औषधि व्यवस्था विभागद्वारा ‘GLIPID-1’ औषधि फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएपछि ग्लिमिप्राइड १ मिलिग्रामयुक्त ‘GLIPID-1’ औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले टाइम फार्मास्युटिकल्स प्रालि, नवलपरासीद्वारा उत्पादित उक्त औषधिको ब्याच नम्बर GM-070 को नमुना परीक्षण गर्दा USP NF 2026 बमोजिमको घुलनशीलता परीक्षणमा मापदण्डअनुरूप नभएको पाइएको हो।

विभागले उक्त ब्याचको औषधि बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै, उत्पादक कम्पनी तथा सम्बन्धित प्रतिनिधिलाई औषधि फिर्ता गरी सोको विवरण विभागमा पेस गर्न निर्देशन दिइएको छ।

उक्त औषधिको उत्पादन मिति अप्रिल २०२६ र म्याद समाप्त हुने मिति सेप्टेम्बर २०२७ उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!