भारतबाट भन्सार छलीगरी ल्याइएका राँगाहरु प्रहरी नियन्त्रणमा

खजुरा, मङ्सिर २२ गते ।

अवैध रुपमा भारतबाट भन्सार छलीगरी ल्याइएका राँगाहरु बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डुडुवा गाउँपालिकाबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइएका चार राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

राँगाहरु ल्याउँदै गरेका व्यक्तिले प्रहरीलाई देखेपछि राँगा छाडेर भागी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका चार राँगाको अन्दाजी मूल्य १ लाख ४० हजार रुपियाँ बराबरको छ । राँगालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!